सामुदायिक लघुवित्तको नाफा ६३ प्रतिशत बढ्यो, जगेडा कोषमा आकर्षक सुधार

Nov 10, 2019 11:38 AM Merolagani



सामुदायिक लघुवित्त वित्तीय संस्था (SLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६३.३२ प्रतिशतले धेरै हो। 

गत आवमा लघुवित्तले ४० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफामा सुधार देखिएको हो। यस अवधिमा लघुवित्तले सञ्चालन नाफा समेत ६३.३२ प्रतिशतले बढाएको छ।

चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढाएर १० करोड रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोषमा ११९.०९ प्रतिशतले सुधार गर्दै ८ करोड ३१ लाख रुपैयाँ सञ्चित गरेको छ।

यस अवधिमा लघुवित्तले ३७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन र ५३ करोड ८६ लाख रुपैयाँ सापटीबाट ९६ करोड ७१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्म लघुवित्तले निक्षेप संकलन २९.६३ प्रतिशत, कर्जा परिचालन २०.७४ प्रतिशत र प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३१ पैसाले सुधार गरेको हो।

असोज मसान्तसम्म लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३१.३० प्रतिशतले धेरै हो। गत आर्थक वर्षमा लघुवित्तले एक करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.२३ बाट बढेर १.८४ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात २६.०१ गुणा छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट चुक्ता पूँजीको ३२ प्रतिशत अर्थात तीन करोड २० लाख रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत अर्थात १६ लाख ८४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।