विजय लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार

Nov 10, 2019 12:45 PM Merolagani



विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब २०० प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसंगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफामा उल्लेख्य सुधार भएको हो। गत आवको असोज मसान्तसम्ममा लघुवित्तले ७७ लाख १३ हजार खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तले पहिलो त्रैमासको अन्त्यसम्ममा ६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ८४ प्रतिशत बढी हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १३१ प्रतिशत बढेर २ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस्तै कम्पनीले ७७ लाख बराबरको खराब कर्जा असुली गरेको छ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको यस लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोष गत आवको असोज मसान्तको तुलनामा १२३.४२ प्रतिशत बढेको छ। चालु आवको असोजम मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा १० करोड ८४ लाख रुपैयाँ जम्मा भएको छ।

सो अवधिसम्ममा लघुवित्तले २ अर्ब ४१ करोड ८४ लाख सापटी र ६५ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरि ३ अर्ब २२ करोड ७४ लाख कर्जा प्रवाह गरेको छ। लघुवित्तको निक्षेप गत आवको असोज मसान्तको तुलनामा ८१ प्रतिशत बढी हो भने कर्जा ८० प्रतिशत बढी हो।

गत आवको असोज मसान्तमा १.९६ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर २.२२ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेसंगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएको छ। लघुवित्तले १ करोड १४ लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा राखेको छ। सो अवधिसम्ममा लघुवित्तले ७७ लाख ५८ हजार रुपैयाँ खराब कर्जा सङ्कलन गर्न सफल भएको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ६९ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १२.७८ गुणा कायम भएको छ।

यसैगरि आइतबार नै लघुवित्त कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट कम्पनीले अघिल्लो आवको तुलनामा दोब्बर अर्थात २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।