विजय लघुवित्तको लाभांश दोब्बर

Nov 10, 2019 10:58 AM Merolagani



विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको कार्तिक २३ गते सम्पन्न १०६ बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको एक करोड ९४ लाख ८१ हजार रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी २१ करोड ४२ लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले  १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

गत आर्थिक वर्षमा लघुवित्तले ६ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको थियो। 

कार्तिक २१ गते बिहीबार दोस्रो बजारमा लघुवित्तको शेयर ५६० रुपैयाँमा कारोबार भएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।