नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस शेयर हितग्राही खातामा पठाउने

Feb 22, 2022 09:56 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले १२.६६१ प्रतिशत बोनस शेयर, शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने भएको छ।

बैंकले मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पठाउन लागेको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।

मंसिर १७ गते सम्पन्न बैंकको ३५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।