मेरो माइक्रोफाइनान्स र महिला लघुवित्तको बोनस हितग्राही खातामा

Feb 17, 2022 10:20 AM Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ। मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस शेयर र महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा पठाएको हो।

मेरो माइक्रोफाइनान्स (MERO) ले नवौँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो। गत मंसिर २४ गते सम्पन्न माइक्रोफाइनान्सको वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनार्थ मांसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो।

त्यसैगरी, महिला लघुवित्त (MLBSL) को चौथौँ वार्षिक साधारण सभा प्रयोजनको लागि बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर पठाएको हो। गत पुस २२ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तले साधारण सभा प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।