एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर हितग्राही खातामा

Apr 03, 2022 08:46 AM Merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले १२ प्रतिशत बोनस शेयर शेयरधनीहरुको बैंक खातामा पठाएको छ।

बैंकले भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो बोनस शेयर पठाएको हो।

असोज १६ गते सम्पन्न बैंकको १५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ। बैंकले जनाएको छ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।