प्रभु बैंकको शेयरमूल्य समायोजन

Nov 12, 2019 11:18 AM Merolagani

प्रभु बैंक (PRVU) को कार्तिक २६ गते मंगलबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्न मंगलबार बुकक्लोज तोकेपछि बैंकको शेयर मूल्य समायोजन भएको हो।

बैंकको शेयरमूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसामा समायोजन भएको हो। त्यस अनुसार मंगलबारको कारोबार खुलेको छ।

कात्तिक १५ गते बसेको बैंकको संचालक समितिको बैठकले मंसिर ६ गते बैंकको केन्द्रीय कार्यालय, बबरमहलमा दिउँको २ बजे अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैठकले सभाका लागि २६ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो।

साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।