नेशनल लाइफद्धारा ब्रोकर सूचिता खनालको मृत्यु बीमा दाबी भुक्तानी

Nov 13, 2019 05:32 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले नेपालको पहिलो महिला स्टक बोकर समेत रहेकी श्वेता सेक्युरिटीजका अध्यक्ष सुचिता खनालको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरी स्वर्गीय स्व.सुचिता खनालको श्रीमान रामेश्वर प्रसाद खनाललाई मृत्यु बीमा दाबी भुक्तानी वापतको ६२ लाख २० हजार रूपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी कार्यकारी अधिकृत भरत बस्नेतले स्व. खनालको श्रीमान् रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।  कम्पनीका अनुसार खनालले ३ वर्ष अघि ५० लाख रुपैयाँको जीवन बीमा गरेकी थिइन्। कम्पनीले बोनस सहित ६२ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो।

 

 

दाबी रकम छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए।

मृतकका श्रीमान खनालले वीमा दाबी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापन प्रति कृतज्ञाता व्यक्त गरे । वीमित खनालको उपचारको क्रममा मिति अरोज २१ गते मृत्यु भएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।