ग्रामीण विकास लघुवित्तको नाफा ३ करोड ९ लाख रुपैयाँ

Nov 15, 2019 11:42 AM Merolagani



ग्रामीण विकास लघुवित्त (GBLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्षा अवधिमा खुद नाफा ६ प्रतिशतले बढाएको हो।  

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सामान्य बृद्धि देखिएको छ। गत आवको पहिलो त्रैमासमा ३७ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस वर्ष ४३ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

लघुवित्तको निष्कृय कर्जा अनुपात ४.८२ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ।  

हाल ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा ५६ करोड ४४ लाख रुपैयाँ राखेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६० पैसा रहेको लघुवित्तकोे प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात २४.७६ गुणा छ। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।