साउनमा आईपीओ निष्कासन गरेको सबैको लघुवित्तको यस्तो प्रगति

Nov 17, 2019 08:35 AM Merolagani



गत साउनमा आईपीओ निष्कासन गरेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९७ लाख ६८ हजार खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३४.८० प्रतिशत बढी हो। 

  कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि भएसंगै नाफा बढ्न पुगेको हो। 

असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २३ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन, गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ करोड ७ लाख ६ हजारले बढी हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८८ लाख १३ हजार बढेर १ करोड ५३ लाख पुगेको छ।

१८ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असोज मसान्तसम्ममा १ अर्ब ३५ करोड ४९ लाख सापटी र ४९ करोड ४९ लाख निक्षेप सङ्कलन गरी १ अर्ब ७२ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आवको पहिलो त्रैमाससम्ममा शून्य रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आवको यसै अवधिमा बढेर ०.६८ प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३९ लाख ३० हजार रुपैयाँ छुट्याएको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १४ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २१.५७ गुणा कायम भएको छ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तले हाल ४५ शाखा कार्यालयहरुमार्फत २६ जिल्लाहरुमा ३१ हजार ४६० जना सदस्यहरुलाई लघुवित्तीय कारोबारमार्फत सेवा दिइरहेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गर्ने र शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव सहित मंसिर २१ गते साधारण सभा डाकेको छ। साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर ५ गते बुक क्लोज गर्नेछ। कात्तिक २९ गते बिहीबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रति कित्ता ५६३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।