आँखुखोलाको नाफा ३९.६३ प्रतिशत घट्यो, जगेडा कोष अझै २१ करोड ऋणात्मक

Nov 17, 2019 01:42 PM Merolagani



आँखुखोला जलविद्युत कम्पनी (AKJCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ लाख ७१ हजार रुपैयाँ अर्थात् ३९.६३ प्रतिशतले घटेको हो। 

गत आवमा कम्पनीले एक करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। विद्युत बिक्री मार्फतको आम्दानी घटेसँगै कम्पनीको नाफामा गिरावट देखिएको हो।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् ७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.३० प्रतिशतले कम हो। गत आवमा कम्पनीले विद्युत बिक्री मार्फत् ८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्ता पूँजी २०.७७ प्रतिशतले बढाएर ८० करोड रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष २१ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत अवमा कम्पनीको जगेडा कोष १७ करोड २६ लाख रुपैयाँले ऋणात्मक थियो ।

वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ४३ पैसा छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।