आँखुखोलाको नाफा ३९.६३ प्रतिशत घट्यो, जगेडा कोष अझै २१ करोड ऋणात्मक

Nov 17, 2019 01:42 PM Merolagani



आँखुखोला जलविद्युत कम्पनी (AKJCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ लाख ७१ हजार रुपैयाँ अर्थात् ३९.६३ प्रतिशतले घटेको हो। 

गत आवमा कम्पनीले एक करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। विद्युत बिक्री मार्फतको आम्दानी घटेसँगै कम्पनीको नाफामा गिरावट देखिएको हो।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् ७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.३० प्रतिशतले कम हो। गत आवमा कम्पनीले विद्युत बिक्री मार्फत् ८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्ता पूँजी २०.७७ प्रतिशतले बढाएर ८० करोड रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष २१ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत अवमा कम्पनीको जगेडा कोष १७ करोड २६ लाख रुपैयाँले ऋणात्मक थियो ।

वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ४३ पैसा छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।