सान्जेन जलविद्युत २१ लाख ८१ हजार नोक्सानीमा

Nov 17, 2019 01:08 PM Merolagani



सान्जेन जलविद्युत कम्पनी (SJCL) चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म २१ लाख ८१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। गत आवको यसै अवधिमा कम्पनीले १२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी २० प्रतिशतले बढाएर ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोष ८ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

यस अवधिमा कम्पनीले ३२ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २७ पैसा ऋणात्मक छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ३६ पैसा छ।

कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। यी दुवै आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ८२ प्रतिशत तथा सान्जेनको ७२ प्रतिशत भौतिक प्रगति भएको अनुमान छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।