साताको दोस्रो कारोबार दिन पनि नेप्से ऋणात्मक, लगानीकर्तामा बढ्न सकेन मनोबल

Nov 18, 2019 04:05 PM Merolagani



नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन ओरालो लागेको छ। कम्पनीहरुले प्रकाशित गरेको नाफामूलक वित्तीय विवरण र उच्च लाभांशले निश्चित कम्पनीहरुको शेयर कारोबारमा प्रभाव पारेपनि समग्र नेप्सेमा भने सकारात्मक प्रभाव पार्न सकेको छैन।

ब्रोकर एसोसियनका अध्यक्ष भरत रानाभाटले सोमबार बैंकिङ्ग, बीमा, पूँजी बजार प्रदर्शनीमा बजारको प्रवृत्ति डाउन ट्रेण्डबाट डिप्रेस्ड ट्रेण्डमा पुगेको बताएका छन्। ‘वियरिश प्रवृत्ति’ (बजारको घट्दो अवस्था) को बजारलाई सहयोग गरिराख्ने सरकारी नीतिले लगानीकर्ताको मनोबललाई झनै कमजोर पारेको उनको भनाई थियो।

गत साता कात्तिक २५ गते, सोमबार नेप्से करिब १४ अंक बढेको थियो। कम्पनीहरुले घोषणा गरेको उच्च लाभांशका कारण सो दिन नेप्से बढेको थियो। तर, त्यस यता कारोबार भएका दिनहरुमा बिहीबार बाहेक अन्य दिनमा नेप्से घटेर नै बन्द भएको छ।

कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको नाफामूलक वित्तीय विवरण प्रकाशित गरेपनि लगानीकर्ताहरुको अपेक्षा अनुसारको प्रगति नभएका कारण लगानीकर्ताहरुको मनोबल बढन् सकेको छैन। वाणिज्य बैंकहरुको नाफा बढेपनि वृद्धिदर खुम्चिएको छ। यसले लगानीकर्ताहरुको मनोबल झन् कमजोर बनाएको देखिन्छ।

डिप्रेस्ड बजार आम लगानीकर्ताहरू अब कुनै सुधार हुँदैन कि भनेर आत्तिँदा बजारमा सरकारात्मक प्रभाव पर्न सकेको छैन। जसले सूचक निरन्तर दबाबमा पर्दै आइरहेको विश्लेषण गरिएको छ। शेयर बजार लगातार ओरालो लाग्दा ठूला लगानीकर्ताका साथै मध्यमवर्गीय लगानीकर्ताहरूले समेत बढी नोक्सानी बेहोर्नुपरेको छ।

अल्पकालीन व्यापारबाट बढी नाफा कमाउने उदेश्यका साथ शेयर बजार छिरेका  लगानीकर्ताहरू आफ्नो क्षमताभन्दा बढी ऋण लिएर शेयर किनेका कारण अहिले ठूलो समस्यामा परेका छन्”, लगानीकर्ता सूर्यप्रसाद घिमिरे बताउँछन्। 

  • साल्ट ट्रेडिङ्गको शेयरमूल्यमा निरन्तर तेस्रो दिन सकारात्मक सर्किट

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्यमा निरन्तर तेस्रो दिन सकारात्मक सर्किट लागेको छ। सोमबार साल्ट ट्रेडिङ्गको शेयरमूल्य १०३ रुपैयाँ बढेर एक हजार १४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा पनि यस दिन सकारात्मक सर्किट लागेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ४३ रुपैयाँ बढेर ४७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन ५.१९, विशाल बजारको ३.९५ र महिला सहयात्रा माइक्रोफाइनान्सको ३.२३ प्रतिशत बढेको छ।

युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ५.४, हिमालयन पावर पार्टनरको ३.२९, पाँचथर पावरको ३.५७, सानिमा माई हाइड्रोपावरको ३.१५ र नबिल इक्विटी फन्डको ३.०२ प्रतिशत घटेको छ।

  • नेपाल बैंकको उच्च कारोबार

२३ वर्षपछि लाभांश घोषणा गरेको नेपाल बैंकको यस दिन ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। बैंकले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश घोषणा गरेको थियो। बैंकको शेयरमूल्य भने १ रुपैयाँ बढेर ३२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

एनएमबि बैंकको यस दिन साढे ३ करोडभन्दा बढीको शेयर खरिबिक्री भएको छ भने प्राइम कमर्सियलको संस्थापक शेयर, कृषि विकास बैंक र शिवम् सिमेन्ट्सको कारोबार रकम २ करोड नाघेको छ।

सोमबार नेप्से परिसूचक ०.२४ अंक घटेर एक हजार १३१.१२ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स यस दिन ०.५३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१४ अंक घटेको छ भने फ्लोट इन्डेक्स स्थिर रहेको छ।

व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ८.११ प्रतिशत बढेको छ भने उत्पादनको १.६६ प्रतिशत घटेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।