पाकिस्तानमा गोलभेडाको मूल्य आकाशियो, बंगलादेशमा प्याज

Nov 19, 2019 02:18 PM Agency



पाकिस्तान र बंगलादेशका जनता पछिल्लो समय चर्काे महङ्गीको मारमा परेका छन्। एकातिर पाकिस्तानमा गोलभेडाको मूल्यबाट त्यहाँका जनता चिन्तित रहेका छन् भने अर्कातिर बंगलदेशका जनता प्याजको मूल्यबाट चिन्तित छन्। 

  • पाकिस्तानमा गोलभेडाको मूल्य आकाशियो

पाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकिलो ३०० रुपए (पाकिस्तानी मुद्रा) पुगेको छ। त्यहाँका कयौँ मानिसहरुले आफ्नो घरमा गोलभेडाको नाम लिन नै छोडिसकेको बताइएको छ। पाकिस्तानमा मूल्य बढेसँगै गोलभेडा लुट्ने घटना पनि बढिरहेको छ।

लुटेराहरुबाट बच्नका लागि पाकिस्तानका किसानले आफ्नो खेतमा हतियार सहितका सुरक्षाकर्मी तैनाथ गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपी इमरान खानका आर्थिक सल्लाहकारले कराचीमा गोलभेडाको मूल्य १७ पाकिस्तानी रुपैयाँ मात्र रहेको दाबी गरिरहेका छन्। जसका कारण पछिल्लो समय सामाजिक सञ्जालमा उनको मजाक बनिरहेको छ। 

  • बंगलादेशमा प्याजको मूल्य १० गुणा बढ्यो

यसैगरी बंगलादेशमा प्याजको मूल्य चर्किएको छ । बंगलादेशमा एक किलो प्याजको मूल्य २ सय ६० टका पुगेको छ। बंगलादेशमा केही समयअघि प्याजको मूल्य ३० टका प्रतिकिलो मात्र रहेको थियो। प्याजको मूल्य केही दिनमा नै झण्डै १० गुणाले बढेको हो ।

प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् । उनले प्याज खान नै बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

-एजेन्सी




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।