वोमीसँग मर्जर प्रक्रियामा रहेको नागरिक लघुवित्तको नाफामा सुधार

Nov 20, 2019 10:33 AM Merolagani



वोमी माइक्रोफाइनान्स वित्तीय संस्थासंग मर्जर प्रक्रियामा रहेको नागरिक लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा २५ लाख १७ हजार ऋणात्मक रहेको थियो। खुद ब्याज आम्दानी बढाएसंगै खराब कर्जा सङ्कलन गर्न सफल भएका कारण लघुवित्तको नाफा धनात्मक भएको हो।

असोज मसान्तसम्ममा लघुवित्तले १७ करोड ८६ लाख रुपैयाँ सापटी र ३ करोड ७४ लाख रुपैयाँ निक्षेप सङ्ककलन गरी २७ करोड २८ लाख कर्जा प्रवाह गरेको छ। यसबापत लघुवित्तले ४३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको यस्तो आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४० लाख ९२ हजार बढी हो।

वोमीसंग १०० बराबर ७२ अनुपातमा मर्ज हुने सम्झौता गरेको यस लघुवित्तको चुक्ता पूँजी ७ करोड रहेको छ। लघुवित्तको जगेडा कोष ७७ लाख ९ हजार ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ३१ लाख ५६ हजार ऋणात्मक रहेको थियो।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ३ लाख ८० हजार ऋणात्मक रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा ०ं४२ प्रतिशत रहेको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।