गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने, रेटिङ्ग सम्पन्न

Nov 20, 2019 12:34 PM Merolagani



गुडविल फाइनान्स (GFCL) ले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले उक्त परिमाणको ऋणपत्र निष्काशनको लागि रेटिङ्ग गराएको छ।

फाइनान्सले निष्काशन गर्न लागेको गक्त ऋणपत्रमा इक्रा नेपालले मध्यम सुरक्षा जनाउने 'इक्रा एनपी बीबी' रेटिङ्ग प्रदान गरेको छ।

ऋणपत्र निष्काशनको लागि फाइनान्सले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ। उसको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०९ पैसा छ । 

हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्न लागेको हो। यसअघि आइसिएफसि फाइनान्सले पनि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ।

दीर्घकालीन लगानीका लागि स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुमा प्रतिस्पर्धी ब्याजदरमा ऋणपत्र निष्काशनको क्रम चलिरहँदा फाइनान्स कम्पनीहरुले पनि वाणिज्य बैंकभन्दा धेरै ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने प्रकृया अगाडि बढाउन थालेका छन्।

वाणिज्य बैंकहरुले अहिले अधिकतम १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरिरहेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।