कुमारी बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Dec 17, 2019 05:59 PM Merolagani



कुमारी बैंक (KBL) ले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

'कुमारी बैंक डिबेन्चर २०८६' नामक ऋणपत्रमा १०.२५ प्रतिशत व्याज पाउने बैंकले जनाएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।

दीर्घकालीन लगानी स्रोत जुटाउन तथा बैंकको पूँजी प्रयाप्तता अनुपात बढाएर व्यवसाय विस्तारलाई बढावा दिन बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकहरुलाई लगानीयोग्य रकम अभाव भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।