अतिकम विकसित राष्ट्रको विकासका लागि बाह्य लगानी न्यून

Nov 20, 2019 04:02 PM Merolagani



अतिकम विकसित राष्ट्रको विकासका लागि बाह्य लगानी न्यून रहेको पाएको छ। ‘अतिकम विकसित राष्ट्रहरुको प्रतिवेदन २०१९’ अनुसार यि राष्ट्रहरुको विकासका लागि बाह्य लगानी न्यून रहेको तथ्य सार्वजनिक गरेको हो।

व्यापार विकास लागि संयुक्त राष्ट्र संघीय सम्मेलनले सार्वजनिक गरेको उक्त प्रतिबेदन अनुसार दातृ राष्ट्रले प्रतिबद्धता गरे अनुरुपको सहयोग पाएको छैनन् । मुलुकको दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले सहायता बढाउनुपर्ने सम्मेलनको निष्कर्ष रहेको छ।

सन १९८१ मा दाता राष्ट्रले अतिकम विकसित राष्ट्रलाई कुल राष्ट्रिय आयको ०.१५ देखि ०.२० प्रतिशतको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। यद्यपि अहिलेसम्म ती राष्ट्रहरुले कुल राष्ट्रिय आयको ०.०९ प्रतिशत मात्रै सहायता प्रदान गरेको छ।

दाता राष्ट्रले २०१७ मा ०.१५ प्रतिशतको लक्ष्य पूरा गरेको भए, अतिकम विकसित राष्ट्रले थप ३२.५ बिलियन अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने प्रतिवेदनमा उल्लेख छ  यस्तै दाता राष्ट्रले २०१७ मा ०.२० प्रतिशतको लक्ष्य पूरा गरेको भए थप ५८.३ बिलियन अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेका हुने थियो ।

२०१७ मा मात्र अति कम विकसित राष्ट्रले थप ३५ देखि ५८ बिलियन अमेरिकन डलर प्राप्त गरेका हुने प्रतिबेदनमा उल्लेख छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।