जनता र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

Nov 20, 2019 05:09 PM Merolagani



जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंकको एटिएम कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने भएको छ।

मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट एक आपसमा मर्जर सम्बन्धि प्रस्ताव पारित भइसकेको अवस्थामा एटीएम सेवालाई निशुल्क बनाइएको हो।

मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाका लागि दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको छ । करिब ३०० भन्दा बढी शाखा सञ्जाल, ३ हजार २०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।

मर्जरपश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब भएको सबल र सक्षम बैक बन्ने विश्वास लिईएको छ।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।