सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

Nov 20, 2019 05:30 PM merolagani



सिद्धार्थ बैंकले मोरङको ट्राफिक चोकमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २ गते सोमबार देखि उक्त शाखा कार्यलय सञ्चालनमा ल्याएको हो। 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ भने १०१ शाखारहित बैंकिङ्ग सेवा र एटिएम संख्या १८७ पुगेको छ।

बैंकले हाल आफ्ना विभिन्न शाखा कार्यलयमार्फत निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।