सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

Nov 20, 2019 05:30 PM merolagani



सिद्धार्थ बैंकले मोरङको ट्राफिक चोकमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २ गते सोमबार देखि उक्त शाखा कार्यलय सञ्चालनमा ल्याएको हो। 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ भने १०१ शाखारहित बैंकिङ्ग सेवा र एटिएम संख्या १८७ पुगेको छ।

बैंकले हाल आफ्ना विभिन्न शाखा कार्यलयमार्फत निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।