माछापुच्छ्रे बैंकले ल्यायो अष्ट्रेलियन डलर सटही सुविधा

Nov 21, 2019 06:01 PM Merolagani



माछापुच्छ्रे बैंक (MBL) ले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ। हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न  बैंकले विदेशबाट अष्ट्रेलियन डलर ९ब्ग्म्० खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन्। 

सोहि समस्यालाई मध्यनजर गर्दै बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यका भित्र रहेका विभिन्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर सटही सुविधा ल्याएको हो।

बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर  उपलब्ध गराउने जनाएको छ।

माछापुच्छ्रे बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत ग्राहकहरु बंैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।