चिलिमेको साधारण सभा आज, २५ प्रतिशत लाभांश अनुमोदन गर्ने

Nov 27, 2019 11:17 AM Merolagani



चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले मंसिर ११ गते बुधबार आह्वान गरेको २३ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीकाे २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ। सभा राष्ट्रिय सभागृह, भृकुटीमण्डप काठमाडौंमा साधारण सभा सुरु भएकाे छ। 

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसारको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको हो। कम्पनीले ९५ करोड १६ लाख रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।


लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन्।

हाल चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।