प्रभु बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

Nov 27, 2019 05:39 PM merolagani

प्रभु बैंक (PRVU) ले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

सम्झौतापत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षेर गरे।

बैंकले १० प्रतिशत ब्याजदरमा आठ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न लागेको हो।

कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्नेछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्।

यद्यपी शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

 

 

comments powered by Disqus