लक्ष्मी बैंकको साधारण सभा आह्वान, कहिले तोक्यो बुकक्लोज ?

Nov 28, 2019 11:40 AM Merolagani

लक्ष्मी बैंक (LBL) ले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन सहितका प्स्तावहरु पारित गराउन पुस ६ गते बैंकको १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको २२२ औं बैठकले पुस ६ गतेको लागि सभा आह्वान गर्दै साधारण सभाका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार सम्पन्न २२१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

यस अनुसार बैंकले हाल कायम पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँको १० प्रतिशत अर्थात ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ रूपैयाँ बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेटछ। यस्तै बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

उक्त लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने बैंकले ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

comments powered by Disqus