गुडविल फाइनान्स ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

Nov 28, 2019 01:24 PM Merolagani

गुडविल फाइनान्स लिमिटेड (GFCL) ले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। फाइनान्सले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न मंसिर ११ गते बोर्डमा आवेदन दिएको हो।

फाइनान्सले वार्षिक १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो। ऋणपत्रको अवधि ७ वर्षको रहनेछ। फाइनान्सले प्रतिकित्ता एक हजार अंकित दरका २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न आवेदन दिएको हो।

निष्कासन गरिने कुल कित्तामध्ये १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई दिइएको छ।

फाइनान्सले निष्कासन गर्न लागेको सो ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी बीबी’ रेटिङ्ग दिएको छ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ। उसको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा छ।

हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा गुडविल फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्न लागेको हो। यसअघि आइसिएफसि फाइनान्सले पनि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ।

दीर्घकालीन लगानीका लागि स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुमा प्रतिस्पर्धी ब्याजदरमा ऋणपत्र निष्काशनको क्रम चलिरहँदा फाइनान्स कम्पनीहरुले पनि वाणिज्य बैंकभन्दा धेरै ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने प्रकृया अगाडि बढाउन थालेका छन्।

वाणिज्य बैंकहरुले अहिले अधिकतम १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरिरहेका छन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।