घोडीघोडा लघुवित्तको खर्च र निष्क्रिय कर्जा बढेपछि चुलियो नोक्सानी

Nov 29, 2019 10:09 AM Merolagani



घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड (GGBSL) को नोक्सानी चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बढेको छ। कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र निष्क्रिय कर्जा बढेपछि लघुवित्तको नोक्सानी चुलिएको हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४ लाख ८७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेर १.६६ प्रतिशत रहेको छ।

गत असार २० गतेदेखि २५ गतेसम्म आईपीओ निष्कासन गरेको लघुवित्तको चुक्ता पूँजी २ करोड ७६ लाख रहेको छ भने जगेडा कोष ४८ लाख ५६ हजार ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १ करोड ४३ लाख रहेको थियो भने जगेडा कोष २७ लाख ९६ हजार ऋणात्मक रहेको थियो।

केही समय अगाडि दोस्रो बजारमा दैनिक सकारात्मक सर्किट लागिरहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले २२ करोड ७० लाख ६० हजार सापटी र २ करोड ४० लाख ६ हजार निक्षेप सङ्कलन गरी २३ करोड ७२ लाख ३३ हजार कर्जा लगानी गरेको छ। सो बापत लघुवित्तले ३९ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ लाख ९५ हजार बढी हो।

असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा २ लाख ३४ हजार रहेको छ। सो अवधिसम्ममा लघुवित्तले १० लाख ६७ हजार रुपैयाँ सम्भावित जोखिमबापतको व्यवस्थामा छुट्याएको छ।

मेरोलगानीले एक साताअघि तीन लघुवित्त कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको समाचार प्रकाशित गरेपछि लघुवित्तले आफ्नो वेवसाइट मार्फत उक्त वित्तीय विवरण सार्वजनिक गरेको हो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।