दुई बैंकको शेयरमूल्य समायोजन

Nov 29, 2019 10:45 AM Merolagani

नेपाल एसबिआई बैंक र गरिमा विकास बैंक गरि दुई बैंकको शेयरमूल्य समायोजन भएको छ।  नेपाल स्टक एक्सचेञ्जमा दुबै बैंकको मंसिर १३ गते शुक्रबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

दुबै बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले एसविआई बैंक (SBI) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३६१ रुपैयाँ ३२ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २९ गते २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।


साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको हो। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रहेको छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ।

त्यसैगरी गरिमा विकास बैंक (GBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोमध्ये १६.१५ प्रतिशत बोनस रहेको छ भने ०.८५ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर २७ गते आयोजना हुने बैंकको तेह्रौँ वार्षिक साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि मंसिर १३ गतेदेखि बुकक्लोज गरेको हो। बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ।

आइतबार दुबै बैंकको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।