भारतको आर्थिक वृद्धिदर छ बर्ष यताकै कमजोर, पहिलो त्रैमासको वृद्धिदर ४.५ प्रतिशत मात्र

Dec 01, 2019 08:35 AM RSS



पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर छ बर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ।

सरकारी तथ्याङ्क अनुसार जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत मात्र रहेको छ। भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ। अघिल्लो बर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।

एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा अघिल्लो त्रैमासिकमा पाँच प्रतिशत कायम रहेको आर्थिक वृद्धिदरमा ०.५ प्रतिशतको कमी आएको हो।

भारतका लागि आवश्यक आर्थिक वृद्धिदरको तुलनमा यो निकै तल भएको र यसका कारण भारतीय श्रम बजारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लाखौँका लागि रोजगारी वृद्धि गर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नमा समस्या हुने अधिकारीहरूले बताएका छन्। (एजेन्सी, रासस)




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।