नेपाल एग्रोको साधारण सभा आह्वान, बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै

Dec 02, 2019 08:29 AM Merolagani



नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड (NAGRO) ले पुस १२ गते सिटी स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा चौथो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभामा लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १ गतेदेखि १२ गतेसम्म शेयरधनी दाखिला खारेज बन्द गर्ने भएको छ। मंसिर ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेको शेयरधनीहरुले सभामा भाग लिन तथा बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ १० पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २५०.४६ गुणा छ।

कास्की जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र पर्बतमा केन्द्रीय कार्यालय रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज १७ गते पोखरामा आयोजित एक कार्यक्रमका बीच आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । तर, साधारण सभामा भने सो प्रस्ताव समावेश गरिएको छैन।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।