इन्फिनिटीले बोनसपछि हकप्रद निष्कासन गर्ने

Dec 02, 2019 09:11 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। लघुवित्तले सो प्रस्ताव पारित गर्न पुस १८ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सो सभा सहमति (संस्था) विजयचोक, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ। सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सशेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि सहित गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसका साथै, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथाव एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ८१ लाख पुग्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस ४ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थयो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १५.२१ गुणा कायम भएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।