एडीबीको अध्यक्षमा जापानका मासात्सुगु असाकावा नियुक्त

Dec 02, 2019 12:45 PM Merolagani



एसिएन डेभलपमेन्ट बैंक (एडीबी) को अध्यक्ष पदमा जापानका मासात्सुगु असाकावा नियुक्त भएका छन् । 

६१ वर्षीय असाकावा जापानको प्रधानमन्त्रीका विशेष सल्लाकारसँगै फाइनान्स मन्त्री समेत हुन् ।

असाकावाले सन् २०२० को जनवरी १७ देखि कार्यभार सम्हाल्ने छन् । असाकावा जापानको ताकेहिको अकाओका अध्यक्ष समेत हुन् । उनको अवधि सन् २०२१ नोभेम्बर २३ मा सकिने छ तर त्यसभन्दा अघि नै १६ जनवरी २०२० मा उक्त पद छाडेर एडीबीको अध्यक्षमा नियुक्ति लिनेछन् । 

अन्तर्राष्ट्रिय फाइनान्स तथा विकासमा व्यापक र विविध अनुभवी र जानकार असाकावाले एडीबीमा आगमनपछि एसिया र प्यासिफिक क्षेत्रको दीगो विकास, समृद्धि र समावेशीयतामा आफ्नो दृष्टिकोणलाई अगाडि बढाउदैँ महत्वपूर्ण भुमिका निर्वाह गर्ने दक्षिण कोरियाका उपप्रधानमन्त्री तथा एडीबी बोर्ड अफ गभर्नरका अध्यक्ष होङ नाम कि ले बताएका छन् ।  




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।