एनएमबि बैंक साफाको दुई विधामा पुरस्कृत

Dec 02, 2019 12:22 PM Merolagani



साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा) मा एनएमबि बैंक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड ‘सर्टिफिकेट अफ मेरिट’ र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ।

बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । बैंकले पाएको यस अर्वाडले उच्च तहको कर्पोरेट गभर्नेन्स तथा पारदर्शिताका लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको बैंकले बताएको छ ।

साफाको कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी एन्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्वारा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा प्रदान गर्ने गर्दछ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।