अब नौं लघुवित्तको मात्र लाभांश घोषणा हुन बाँकी,४१ ले घोषणा गर्दा ७ ले सम्पन्न गरे साधारण सभा

Dec 02, 2019 04:01 PM Tirtha Raj Poudyal



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल ५० वटा लघुवित्त कम्पनीहरुमध्ये सोमबार फरवार्ड कम्युनिटी लघुवित्तले लाभांश घोषणा गरेसँगै ४१ वटा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन्।

सूचीकृत ५० कम्पनीमध्ये अब ९ लघुवित्त कम्पनीको मात्र गत आवको मुनाफाबाट लाभांश घोषणा हुन बाँकी रहेको छ।

यसरी लाभांश घोषणा गर्न बाँकी लघुवित्त कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, वोमी, जनउत्थान सामुदायिक, महिला सहयात्रा लघुवित्त, नाडेप लघुवित्त, नेपाल सेवा, ग्रामीण विकास लघुवित्त, आँधिखोला लघुवित्त वित्तीय संस्था, घोडीघोडा लघुवित्त रहेका छन्। 

यीमध्ये ग्रामीण विकास लघुवित्त हालैमात्र सञ्चित नोक्सानी सकाएको कम्पनी रहेको र आँधिखोला लघुवित्त वित्तीय संस्था हालैमात्र आईपीओ निष्काशन गरेकाले शेयरधनीले लाभांश पाउँछन् कि पाउँदैनन् यसै भन्न सकिने अवस्था छैन। घोडीघोडाको भने जगेडा कोष ऋणात्मक रहेकाले लाभांश वितरण गर्नसक्ने अवस्था छैन।

अन्य लघुवित्तहरु डिप्रोक्स लघुवित्त, वोमी, जनउत्थान सामुदायिक, महिला सहयात्रा लघुवित्त, नाडेप लघुवित्त, नेपाल सेवा गरि ६ वटाले अघिल्लो आवमा लाभांश वितरण गरेका कम्पनी हुन्।

हालसम्म घोषणा भएका ४१ लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै ८० प्रतिशत वितरण गरेको छ भने गणपतिले सबैभन्दा कम ७.३६ प्रतिशत वितरण गरेको छ । यस अवधिमा सात लघुवित्तले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् भने ३४ को बाँकी छ। लघुवित्तको औसत लाभांशदर २५.८८ प्रतिशत रहेको छ।

हालसम्म घोषणा भएका ४१ लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सलेृ सबैभन्दा धेरै ८० प्रतिशत वितरण गरेको छ भने गणपतिले सबैभन्दा कम ७.३६ प्रतिशत वितरण गरेको छ । यस अवधिमा सात लघुवित्तले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् भने ३४ को बाँकी छ। लघुवित्तको औसत लाभांशदर २५.८८ प्रतिशत रहेको छ।

लाभांश घोषणा गरेका लघुवित्त कम्पनीमध्ये मंसिर १६ गते सोमबार मात्रै सम्पन्न गरेको स्वेदेशी लघुवित्त सहित ७ वटाले सम्पन्न गरेका छन्। यसरी साधारण सभा सकाउने लघुवित्तमा फस्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, मेरो माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, आरएसडिसी लघुवित्त, गुँरास लघुवित्त र स्वदेशी लघुवित्त रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।