राष्ट्रिय गौरवको आयोजनामध्ये दुई आयोजनाकाे प्रगति शून्य, अन्यकाे के छ प्रगति ?

Dec 02, 2019 06:03 PM RSS



राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ।  आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रगति  प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले जानकारी दिए ।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो ।

  • २० गौरवका आयोजनाका प्रगति

गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ८०.७९ र वित्तीय प्रगति ७३.७४ प्रतिशत छ। यसैगरी बबई सिँचाइ आयोेजनाको भौतिक ४६.४१ र वित्तीय ४३.३६ प्रतिशत प्रगति छ। रानीजमरा कूलरीया सिँचाइ आयोजनाको भौतिक ८२.७३ र वित्तीय ५१.२७ प्रतिशत प्रगति छ।

यसैगरी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक १०० र वित्तीय ९८.६५ प्रतिशत प्रगति छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक ७१.५६ र वित्तीय ९७.०२ प्रतिशत प्रगति छ। बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक ९१.५० र वित्तीय ९१.५१ प्रतिशत प्रगति छ।

आयोगले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९६ र वित्तीय ९१ प्रतिशत प्रगति भएको जनाएको छ। आयोगका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक १०० र वित्तीय ६९ प्रतिशत प्रगति भएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९० र वित्तीय ९३.१८ प्रतिशत प्रगति भएको छ।

पशुपति क्षेत्र विकास कोषको भौतिक ८३.७ र वित्तीय ५४.५२ प्रतिशत उपलब्धि हासिल भएको आयोगले जनाएको छ। लुम्बिनी क्षेत्र विकास कोषको भौतिक १०० र वित्तीय ९९.९९ प्रतिशत प्रगति छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको भौतिक ९७.४ र वित्तीय पनि ९७.४ प्रतिशत नै प्रगति छ।

रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक ७७.६७ र वित्तीय ७१ प्रतिशत उपलब्धि हासिल भएको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। हुलाकी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९७.४ प्रतिशत छ । उत्तर दक्षिण कोशी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ८७.३९ प्रतिशत छ।

उत्तर दक्षिण कालीगण्डकी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९२.४ प्रतिशत छ । उत्तर दक्षिण कर्णाली लोकमार्गको भौतिक १०० र वित्तीय पनि १०० नै उपलब्धि छ। काठमाडौँ तराई–मधेस द्रुतमार्गको भौतिक १०० र वित्तीय ९६.४३ प्रतिशत प्रगति छ।

आयोगका अनुसार काकाकुल राजधानीको तिर्खा मेट्न उपयोगी मानिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक ७४.७४ र वित्तीय प्रगति ४१.३८ प्रतिशत छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक ९५.०७ र वित्तीय प्रगति ९१.१४ प्रतिशत विवरण प्राप्त भएको योजना अधिकृत सोना श्रेष्ठले जानकारी दिइन।

-रासस




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।