बोलपत्र केरमेट गरी ठेक्का मिलाइ दिने सडक डिभिजन प्रमुख बिरूद्ध आरोपत्र दायर

Dec 02, 2019 06:41 PM rss



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याललगायत चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरेको हो ।

ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले पेश गरेको बोलपत्रको ‘बिओक्यू’को बुँदा नं २.३ र २.६ को दररेट अङ्क र अक्षरमा सच्याई रू १९ लाख ५० हजार ४४० थपी सम्झौता गरेको आयोगको आरोप छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।