आरम्भको साधारण सभा आह्वान, मर्जर र लाभांश प्रस्ताव पारित गर्दै

Dec 03, 2019 08:03 AM Merolagani



आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड (AMFI) ले मर्जर र लाभांश प्रस्ताव पारित गर्न पुस ९ गते पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा पञ्चकन्या बेन्क्वेट प्रा.लि., बनेपामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले चौतारी र आरम्भ १ बराबर १ शेयर आदानप्रदान अनुपातमा मर्ज हुने, मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने, एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रहेको छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड ४४ लाख पुग्नेछ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ। लघुवित्तको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासम्ममा लघुवित्तले ३२ लाख २६ हजार खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात २४.६० गुणा कायम भएको थियो।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।