साविक पूर्णिमा र भार्गवका शेयरधनीहरुको डिम्याट खातामा शाइन रेसुङ्गाको शेयर

Dec 03, 2019 08:20 AM Merolagani



शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले साविक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरुको हितग्राही खातामा बैंकको शेयर जम्मा गरेको छ। बैंकले मंसिर ६ गतेसम्ममा पूर्णिमा र भार्गवको अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।

शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्त गरी गत असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ। शाइनले दुबै बैंकलाई १०० बराबर ९५ शेयर स्वाप अनुपातमा प्राप्त गरेको थियो।

मंसिर ६ गतेसम्म शेयर अभौतिकीकरण नगराएका पूर्णिमा र भार्गवका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।