साविक पूर्णिमा र भार्गवका शेयरधनीहरुको डिम्याट खातामा शाइन रेसुङ्गाको शेयर

Dec 03, 2019 08:20 AM Merolagani



शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले साविक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरुको हितग्राही खातामा बैंकको शेयर जम्मा गरेको छ। बैंकले मंसिर ६ गतेसम्ममा पूर्णिमा र भार्गवको अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।

शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्त गरी गत असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ। शाइनले दुबै बैंकलाई १०० बराबर ९५ शेयर स्वाप अनुपातमा प्राप्त गरेको थियो।

मंसिर ६ गतेसम्म शेयर अभौतिकीकरण नगराएका पूर्णिमा र भार्गवका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।