सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

Dec 06, 2019 12:11 PM Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ।

लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३२ प्रतिशत बोनसको बुकक्लोजसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले लघुवित्तको ३२ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ६०९ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ। यससँगै लघुवित्तको आइतबार यहि समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार सुचारु हुनेछ।

लघुवित्तले ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६८ प्रतिशत नगद लाभांश पारित गर्न आगामी पुस ११ गते शुक्रबार लहरीखर्क रिसोर्ट बनेपा, काभ्रेमा बिहान ११ बजे छैटौं वाषिक साधारण सभा बोलाएको छ। जसका लागि शुक्रबारदेखि बुकक्लोज गरेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।