सबैको लघुवित्तको तेश्रो वार्षिक साधारण सभाद्धारा लाभांश अनुमोदन

Dec 08, 2019 09:30 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) को तेश्रो वार्षिक साधारण सभाले आ.व. २०७५/७६ को मुनाफाबाट लघुवित्त सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पूँजीको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनस शेयर अनुमोदन गरेको छ।

मंसिर २१ गते शनिबार डुम्रे, तनहुँमा सम्पन्न भएको उक्त सभाले बोनस अनुमोदन गरेसँगै लघुवित्तको चुक्ता पूँजी १६ करोड ५० लाखबाट १८ करोड ६४ लाख ५० हजार पुगेको छ।

यस्तै सभाले बोनस शेयर जारी पश्चात् कायम पूँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ। यस्तै सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ।

साथै उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन्।

 

२०७४ आषाढ ३० गतेबाट तनहुँ जिल्लाको डुम्रे शाखाबाट लघुवित्त कारोबार शुरु गरेको यस संस्थाले २७ जिल्लाहरुमा ५१ शाखा कार्यालयहरु मार्फत् ३५ हजारग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ।

त्यस्तै गरी संस्थाले १ अर्ब ७९ करोड कर्जालगानीगरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन पनि गरेको जनाएको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।