ओरियन्टल होटलको ५ प्रतिशत बोनस नेप्सेमा सूचीकृत

Dec 08, 2019 03:50 PM Merolagani

ओरियन्टल होटल (OHL) ले गत आर्थिक वर्षको कमाइबाट लगानीकर्तालाई वितरण गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

 होटलले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत अर्थात ५ लाख ३७ हजार १ सय ८५ दशमलव ९२ कित्ता बोनस शेयर वितरण गरेको थियो। सोहि शेयर दोस्रो बजारमा कारोबारको लागि होटलले आइतबार नेप्सेमा सूचीकरण गराएको हो।

शेयर सूचीकृत भएसँगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारबाट खरीद बिक्री गर्न सक्नेछन्।


comments powered by Disqus

शेयर जारी गर्न टेलिकम कम्पनीहरूलाई सरकारी ताकेता,कुन कुन कम्पनीले शेयर निष्कासन गर्न सक्छन् ?

Aug 12, 2020 11:31 AM

सुवास निरौला

कम्पनी रजिष्ट्रारकाे कार्यालयले पाँच करोड रुपैयाँ भन्दा बढी पूँजी भएका कम्पनीलाई पब्लिकमा रूपान्तरण हुन पत्राचार गर्ने भएको छ। भदौको पहिलो साता उनीहरूलाई पत्राचार गर्ने तयारी रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।