लक्ष्मी बैंकको १२० औँ शाखा झापाको काँकडभिट्टामा

Dec 08, 2019 06:06 PM merolagani



लक्ष्मी बैंकले आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको् हो।

उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखा सहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।