नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

Dec 09, 2019 07:05 PM Merolagani



बीमा समितिले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने इजाजत प्राप्त सम्पुर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले नेपाल सरकार अर्थमन्त्रालय र संस्कृति तथा नागरिक उड्यन मन्त्रालयको पत्रानुसार नेपाल भ्रमण वर्ष प्रवद्र्धनको लागि निर्देशन दिएको हो।

समितिको निर्देशन अनुसार सम्पुर्ण बीमा कम्पनीहरुले वेबसाईट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण वर्षको लोगो राख्ने तथा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको वेबसाईट लिङ्क गर्ने र प्रकाशित हुने बुलेटिन लगायत प्रकाशनमा नेपाल भ्रमण वर्ष सम्बन्धी लेख रचना र प्रचार सामाग्रि समावेश गर्ने निर्देशन दिएको छ।

यस्तै विदेश भ्रमण गर्दा तथा प्रतिधित्व हुदा अनिवर्या रुपमा भ्रमण वर्षको जानकारी दिने, सवारी साधानमा लोगो टाँस्न निर्देशन दिएको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।