सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासको संसोधित वर्गिकरण सार्वजनिक, समुह 'ए' मा १० कम्पनी

Dec 10, 2019 02:20 PM Merolagani



नेपाल स्टक एक्सचेन्जले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचीकृत कम्पनीहरुको वर्गीकरणमा ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंक 'ए' वर्गमा परेका छन् ।

‘बी’ वर्गमा ङादी ग्रुप पावर कम्पनी मात्र परेको छ भने 'जी' वर्गमा ३६ वटा कम्पनीहरु परेका छन्। नेप्सेको सूचीकरणमा हाल २१७ कम्पनीहरु संलग्न रहेको छ। सोमध्ये १७० सूचीकृत कम्पनीहरु खराब कम्पनीको अर्थात वर्गिकरणको अन्तिम सूची “जेड्” समूहमा परेका छन्।

यसअघि नेप्सेले सार्वजानिक गरेको वर्गिकरण सूचीमा 'ए' वर्गमा वाणिज्य बैंक सनराइज मात्र परेको थियो।

नेप्सेले गत कात्तिक ७ गते सार्वजनिक गरेको सूचीमा उक्त समुहमा पर्न नपर्नुको कारण सहित ३५ दिन भित्र उक्त बर्गिकरणको समुहमा  पर्नुपर्ने दाबी सहित आवेदन माग गरेको थियो। कम्पनीहरुले प्रमाणसहित पठाएको अन्तिम दाबीका आधारमा अध्ययन गरी नयाँ वर्गिकरण सूची सार्वजनिक गरिएको नेप्सेले जनाएको छ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गिकरण सूची सार्वजनिक गर्दै आएको छ।

हरेक त्रैमासको वर्गिकरणमा अधिकांश कम्पनीहरु जेड् समूहमा परिरहेका छन्। यसले कम्पनीहरु नियम पालना गर्नुभन्दा उल्लङ्घनमा अभ्यस्त रहेको पुष्टि गर्दछ।

  • यस्ता चाहिन्छ 'ए' र 'बी' वर्गमा पर्न मापदण्ड

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ए मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ।

वर्ग ए जस्तै बि पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्दछन् । बि वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म जी वर्गमा राखिने उल्लेख छ । यसरी जी वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी जेड वर्गमा पर्नेछन्।





७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।