छैठौँ कारोबार दिनमा पनि शेयर बजारमा हरियाली छाउँदा कारोबार आधा अर्ब नाघ्यो

Dec 10, 2019 03:39 PM Merolagani



बजार बढेको छैठौँ कारोबार दिन आधा अर्ब बराबरको कारोबार भएको छ। गत साताको मंगलबारदेखि उकालो लाग्न थालेको थियो। पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक३९.३७ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि दैनिक सुधार भइरहेको छ। यसका साथै लगानीकर्ताहरुको मनोबल पनि दिनदिनै बढी रहेको छ। यसअघि निरन्तर बजार ओरालो लागेपछि सूचीकृत कम्पनीहरुको शेयरमूल्य सस्तिसकेको थियो।

सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरी साधारण सभामार्फत पारित गरिरहेको समयमा सस्तो मूल्यमा लगानीकर्ताहरु शेयर खरिद गर्न बजार प्रवेश गर्न थालेका हुन्। शेयर बजारमा मंगलबार ५० करोड बढीको कारोबार भएको छ । सोमबार ४६ करोड ४२ लाख र आइतबार २८ करोड ७५ लाख रुपैयाँ बराबरको  शेयर कारोबार भएको थियो। 

मंगलबार नेप्से परिसूचक २.४८ अंक बढेर एक हजार १५१.३६ बिन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३३, फ्लोट ०.२६ र सेन्सेटिभ फ्लोट ०.२८ अंक बढेको छ। यस दिन १७० कम्पनीको ७ हजार ४ पटकको कारोबारमा ५० करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत बढेको छ। त्यसैगरी, होटलको १.५७, बैंकिङ्गको ०.६८, जीवन बीमाको ०.१७, म्युचुअल फण्ड, लघुवित्त र विकास बैंकको ०.१२ प्रतिशत बढेको छ भने वित्तको ०.०८ प्रतिशत बढेको छ।

अन्य उपसमूहको परिसूचक यस दिन १.६८, जलविद्युतको ०.४८, उत्पादनको ०.३८ र निर्जीवन बीमाको ०.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक अगाडि रहेको छ। सो बैंकको यस दिन साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन एनएमबी बैंकको करिब ४ करोड बराबरको शेयर खरिदबिक्री भएको छ भने कृषि विकास बैंकको करिब ३ करोड बराबरको शेयर कारोबार भएको छ। यस दिन डिप्रोक्स लघुवित्त, नेपाल बैंक, प्रभु बैंक, सोल्टी होटल, लुम्बिनी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र स्वाबलम्बन लघुवित्तको कारोबार रकम १ करोड नाघेको छ।

 

मंगलबार नयाँ नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५३ रुपैयाँ बढेर ५८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ९.७६, माउन्टेन हाइड्रोको ६.६७, साल्ट ट्रेडिङ्गको ६.६२ र लुम्बिनी विकास बैंकको ६.३२ प्रतिशत बढेको छ।

अरुण काबेलीको शेयरमूल्य यस दिन ४.०९, नेशनल हाइड्रोको ३.७७, आँखुखोला जलविद्युतको ३.५०, आँधीखोला लघुवित्तको ३.४९ र सिन्धुको ३.२ प्रतिशत घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।