आइएमई जनरल इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Dec 12, 2019 01:07 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशन (आइबीसी) ले एशिया मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ। थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा इन्स्योरेन्स कम्पनीलाई सो अवार्डबाट सम्मानित भएको हो।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन्।

त्यस अवसरमा कम्पनीका अध्यक्ष ढकालले आइबीसीलाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सबै सम्पुर्ण ग्राहकबर्गहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता व्यक्त गरे । यस सम्मानबाट थप हौसला प्राप्त भएको भन्दै नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे।

साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष ढकालले नेपाल भ्रमण बर्ष २०२० मा नेपालको भ्रमण गर्न अनुरोध समेत गरे।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।