असोजको तुलनामा १० बैंकको नाफा कात्तिकमा घट्यो

Dec 16, 2019 06:26 PM Merolagani



दश वाणिज्य बैंकहरुको खुद नाफा असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा घटेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको मासिक तथ्याङ्क अनुसार १८ बैंकले नाफा बढाउँदा १० बैंकको भने घटेको देखिएको हो।

समीक्षा अवधिमा नेपाल बङ्गलादेश बैंक, एनआईसी एशिया, लक्ष्मी बैंक, जनता बैंक, सिभिल बैंक, एनसीसी बैंक, सेन्चुरी बैंक, नेपाल बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकको नाफा घटेको हो।

नाफा बढाउन सफल १८ वाणिज्य बैंकहरुमध्ये नेपाल इन्भेष्टेमन्ट बैंक अगाडि रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ३७ करोड ६४ लाख बढेर १ अर्ब २२ करोड ८ लाख पुगेको छ। प्राइम कमर्सियलको खुद नाफा भने समीक्षा अवधिमा सबैभन्दा धेरै ५७ करोड ९३ लाख घटेर ८ करोड ३ लाखमा सीमित भएको छ।

  • चार बैंकको खुद नाफा १ अर्बभन्दा बढी

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ४ बैंकहरुको खुद नाफा १ अर्ब नाघेको छ। सो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबि बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका हुन्। असोज मसान्तसम्ममा १ अर्बभन्दा बढी नाफा आर्जन गरेको एनआईसी एशिया बैंकको खुद नाफा भने कात्तिक मसान्तसम्ममा २० करोड ३४ लाख घटेर ८० करोड ६१ लाखमा सीमित भएको छ।

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा बढी, सिभिल बैंक घाटामा

सिभिल बैंक लिमिटेडले कात्तिक मसान्तसम्ममा १० करोड ९४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। बैंकले खर्च नियन्त्रण गर्न नसक्दा नोक्सानी व्यहोर्नु परेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नै बैंकको खुद नाफा १४.१० प्रतिशत घटेको थियो। बैंकको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्चहरु बढेपछि नोक्सानीमा पुगेको हो।

कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्ने राष्ट्रिय वाणिज्य रहेको छ। बैंकले सो अवधिसम्ममा १ अर्ब ४६ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। यो असोज मसान्तसम्मको तुलनामा ३४ करोड १५ लाख बढी हो। सबैभन्दा कम नाफा भने नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रहेको छ। बैंकले कात्तिक मसान्तसम्ममा ५ करोड ९० लाख खुद नाफा आर्जन गरेको छ।

  • एक महिनामा झण्डै ८१ करोड बढ्यो खुद नाफा

कात्तिक मसान्तसम्ममा २८ वाणिज्य बैंकहरुले कूल १६ अर्ब ९९ लाख ४५ लाख खुद नाफा आर्जन गरेको छ। यो असोज मसान्तको तुलनामा ८१ करोड ८१ लाख बढी हो। असोज मसान्तसम्ममा यीनै वाणिज्य बैंकहरुको कूल खुद नाफा १६ अर्ब १७ करोड ६४ लाख रहेको थियो। बैंकहरुको औषत खुद नाफा भने २ करोड ९२ लाख बढेर ६० करोड ६९ लाख पुगेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।