नेपाल इन्भेष्टमेन्टको साधारण सभा आह्वान, लाभांश पारित गर्दै

Dec 23, 2019 08:37 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले लाभांश पारित गर्ने विशेष एजेण्डा सहित साधारण सभा आह्वान गरेको छ। बैंकको ३३ औँ वार्षिक साधारण सभा पुस २८ गते, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १४ गतेदेखि वार्षिक साधारण सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई २१ गतेभित्र बैंकको शेयर रजिष्ट्रारले प्राप्त गरेको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन, छलफल गर्न, मतदान गर्न र लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुको लागि सभा हुने दिन बिहान ९ बजेदेखि हाजिर पुस्तिका खुल्ला गरिने बैंकले जनाएको छ।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत आवको मुनाफा र सञ्चित जगेडा कोषबाट दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँको उचाईमा पुग्नेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।