नेपाल बङ्गलादेश बैंकको लाभांश पारित

Dec 23, 2019 06:17 PM Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) को २५ औं वार्षिक साधारण सभाबाट  गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । 

सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर सहति ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुगेको छ।

त्यसैगरी सभाबाट अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति सहमति गर्न तथा सो सम्बन्धमा बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्नभएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

बैंकको कूल निक्षेप २४.५५ प्रतिशतले बृद्धि भई ५९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई ७६ अर्ब २५ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।