सिभिल बैंकको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

Dec 24, 2019 08:40 AM Merolagani



सिभिल बैंक (CBL) ले लिलाम बिक्रीमा ल्याएको संस्थापक समुहको शेयरमा आवेदन दिने आज (पुस ८ गते) अन्तिम दिन हो। बैंकले मंसिर २४ गते मंगलबार देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक शेयरमा आवेदन खुला गरेको थियो।

बैंकको शेयर खरिद गर्न संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ८ गते भित्र सिभिल क्यापिटल, सुन्धारा, काठमाडौंमा आइपुग्ने गरि आवेदन गर्न सकिनेछ।

संस्थापक समुहको शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन। आवेदन पेश गर्दा न्यूनतम प्रतिशेयरको १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ।

लिलामी शेयरमा परेको आवेदन पुस ९ गते बिहान ११ बजे खोलिने शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ। सबैभन्दा बढी मूल्य कबुल गरी पेश गरिएको शिलबन्दी बोलपत्रलाई पहिलो प्राथामिकता दिएर शेयर बाँडफाँड हुनेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।