लुम्बिनी विकास बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Dec 24, 2019 11:48 AM Merolagani

लुम्बिनी विकास बैंक (LUBL) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ। 

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५ प्रतिशत अर्थात १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र १५ प्रतिशत अर्थात ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश साधारणसभाबाट पारित भएपछि वितरणको लागि पुस ७ गते राष्ट्र बैंकबाट स्वीकृत भएको हो।

बैंकले लाभांश अनुमोदन गर्न पुस २९ गते १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। प्रस्तावित उक्त लाभांश सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले पाउनेछन्। 

 

हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५ प्रतिशत बराबरको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।